चितवनमा ४२ वर्षीय पुरुषले छोरा र छोरीलाई धारिलो हतियार प्रहार गरे
त्यसपछि आत्महत्या प्रयास
शुक्रबार, ०२ जेठ २०८२, ११ : २०

समाचार सारांश
- आफ्ना छोराछोरीलाई हतियार प्रहार गरेपछि उनले आत्महत्याको प्रयास समेत गरेका थिए।
काठमाडौं । चितवनको भरतपुरमा बुवाले दुई जना बालबालिकालाई धारिलो हतियार प्रहार गरेका छन् । भरतपुर महानगरपालिका–२५ स्थित किसान चोकमा बस्दै आएका ४२ वर्षीय लिला गिरीले धारिलो हतियार प्रहार गरेका हुन् ।
धारिलो हतियार प्रहारबाट घाइते भएका सजन गिरीको अवस्था गम्भीर छ । छोरी प्रभा गिरीको पनि अवस्था गम्भीर रहेको चितवनका एसपी गोविन्द पुरीले रातोपाटीलाई बताए । घाइते बालक सजन गिरी उनको दाजुको छोरा हुन् । प्रभा चाहिँ लिलाकी आफ्नी छोरी हुन् ।
गिरीले ५ वर्ष र १३ वर्षका छोराछोरीलाई धारिलो हतियार प्रहार गरेपछि आत्महत्या प्रयास गरेका छन् । उनले धारिलो हतियारले आफ्नै घाँटी रेटेको जिल्ला प्रहरी कार्यालय चितवनका एक जना अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन