शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

देउवाले गरे राज्य प्रशासन विभागमा १० सदस्यहरू मनोनयन

शुक्रबार, ०२ जेठ २०८२, १४ : २५
शुक्रबार, ०२ जेठ २०८२

काठमडाौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको राज्य प्रशासन विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

शुक्रबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको नेपाली कांग्रेस राज्य प्रशासन विभागको सदस्यमा १० जना मनोनयन गरेका हुन् । 

विभागको सदस्यहरुमा विजयराज आचार्य (कास्की),डिल्लीप्रसाद शिवाकोटी (भक्तपुर),गोपालप्रसाद पोख्रेल (सुनसरी),अर्जुन साह (सप्तरी),थम्मनबहादुर खत्री (गुल्मी) मनाेनित भएका छन् । 

त्यस्तै रामबहादुर रोकाह (डोटी),मक्करबहादुर रावल (मुगु),गीता देवकोटा (चितवन), द्रोपदी वली (बाँके),तीर्थराज खनाल (झापा) भाविगको सदस्यमा मनोनित भएका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप