एम्स बैठक र अन्तर्राष्ट्रिय सम्मेलनसँगै जेठमा नेपाल हेरिटेज रन आयोजना गरिने
सारांश
- काठमाडौं र ललितपुरका सम्पदा जोड्ने गरी जेठ २४ गते नेपाल हेरिटेज रन आयोजना हुने भएको छ, जसमा २५ किलोमिटरको दौड हुनेछ।
- दौड दशरथ रंगशालाबाट सुरु भई विभिन्न सम्पदा क्षेत्रको परिक्रमा गर्दै सोही रंगशालामा समापन हुनेछ ।
काठमाडौँ । रेस नेपालको आयोजनामा जेठ २४ गते काठमाडौँ र ललितपुरका सम्पदा जोड्नेगरी नेपाल हेरिटेज रन (काठमाडौँ २५ के रन) आयोजना हुने भएको छ । विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को बोर्ड बैठक नेपालमै आयोजना हुन लागेको सन्दर्भ पारेर हेरिटेज रन सुरु गर्न लागिएको हो ।
विश्व सम्पदा सूचीमा परेका सम्पदाहरु जोड्नेगरी २५ किलोमिटर दूरीको दौडको रुट तयार गरिएको आयोजकले जनाएको छ । नेपालमा पहिलो पटक हुन लागेको हेरिटेज रनले खेलाडीलाई उत्साह थप्ने अपेक्षा आयोजकले गरेको छ । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई सुन्धारा, न्यूरोड, काठमाडौँ दरबार स्क्वायर, रानीपोखरी, दरबारमार्ग, कमलपोखरी, गौशाला, पशुपतिनाथ, तीनकुने, ग्वार्को, पाटन दरबार स्क्वायर, पुलचोक, थापाथली हुँदै दशरथ रंगशाला पुगेर पूरा हुनेछ ।
यसका अतिरिक्त, विद्यालयस्तरीय विद्यार्थी र भेट्रानतर्फ पाँच किलोमिटर दौड पनि आयोजना गरिने बताइएको छ । तीनवटै विधाका दौडका लागि दर्ता खुला भइसकेको आयोजकले जनाएको छ । नगद पुरस्कार पनि चाँडै घोषण गरिने आयोजकले जनाएको छ दौड सञ्चालनका लागि नेपाल एथलेटिक्स परिवारसँग सहआयोजकका रुपमा सहकार्य गरिएको छ । राजन खत्रीलाई दौड व्यवस्थापनको संयोजकको जिम्मेवारी दिइएको आयोजकले जनाएको छ ।
एम्सको बोर्ड बैठक जेठ २१ र २२ गते ललिपुरस्थित होटल हिमालयमा बस्दैछ । एम्सको बोर्ड बैठकलगत्तै जेठ २३ गते शुक्रवार नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स हुँदैछ । रनिङसम्बन्धि कन्फ्रेन्स दक्षिण एसियामै पहिलोपटक नेपालमा हुनलागेको एम्सका दुत तथा कन्फ्रेन्सका अध्यक्ष टीएस ठकुरीले बताए ।
‘निजी तथा सरकारी दुवै क्षेत्रको उत्साहजनक साथ पाए हरेक वर्ष नेपालमा कन्फ्रेन्स र हेरिटेज रन निरन्तरता दिइनेछ’ धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भने– ‘अन्तर्राष्ट्रियस्तरका धावक वा आयोजकलाई नेपाल ल्याउने यो प्रभावकारी माध्यम बन्न सक्छ ।’
कन्फ्रेन्समा शिक्षा, खेलकुद र पर्यटनसँग सम्बन्धित चारवटा सेसन रहनेछ । पहिलो सेसनमा एम्सका प्रेसिडेन्ट पाको बोराओसँग बिशेष साक्षात्कार हुनेछ । पाको विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन् । एम्सको बोर्ड बैठकलगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन नेपालका प्रतिष्ठित म्याराथन आयोजकहरु रहेको मुलआयोजक समिति गठन गरिनेछ ।
कन्फ्रेन्समा युरोप, अमेरिका, जापान, थाइल्यान्ड, मलेसिया, भियतनाम, इन्डोनेसिया, सिंगापुरलगायत दक्षिण एशियाली राष्ट्रहरु गरी करिब दुई दर्जन देशका प्रतिनिधिको सहभागिता रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन'
-
दुई दशकमा दुई पटक कारागारबाट भागेका ५८ वर्षीय मौर्य अन्ततः प्रहरीको नियन्त्रणमा
-
बेलायतमा नेपाल चिनाउने अभियान: वेल्समा बन्दैछ 'नेपाली भिलेज'
-
ललितपुरमा भन्सार छलीका तीनवटा गाडी बरामद, बेच्न खोज्ने दुई जना पक्राउ
-
नाम्खा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
-
नेपालगञ्जको तापक्रम ४१ डिग्री पुग्ने अनुमान, पोखरासहितका सहरमा मध्यम वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण