प्रदेश राजधानीको बहस : प्रदेश नम्बर १ को राजधानी इटहरी यसकारण उपयुक्त !
मनोज भुजेल
सुनसरी– देश प्रादेशिक संरचनामा बदलिएसँगै प्रदेश नं १ को राजधानी कहाँ र कसरी बन्ने भन्ने बिषयमा बहस जारी छ । प्रादेशिक राजधानी बन्नका लागि आवश्यक पूर्वधार, जमिन, सुरक्षा, ट्रान्जिट प्वाइन्ट लगायतका आधार खोज्ने काम पनि भइरहेको छ ।
ट्रान्जिट प्वाइन्ट
१ नम्बर प्रदेशको राजधानी बन्न उपयुक्त शहरको दाबीमा इटहरी, धनकुटा, बिराटनगर र दमकको नाम चर्चामा छन् ।
सबै शहरले आफना आफना दाबी प्रस्तुत गर्दै दबाबमुलक कार्यक्रमसमेत गदै आएका छन् । यि मध्ये सुनसरीको इटहरी पनि धेरै आधार सहितको दाबीसहित राजधानीका लागि चर्चामा छ । इटहरी आफैमा पूर्वको केन्द्रबिन्दु शहर हो । इटहरीले तराई, पहाड र हिमाल बिचको गन्तव्य जोड्ने गर्दछ । ट्रान्जिट प्वाइन्टसँगै इटहरी व्यवसायीक केन्द्र समेतको बिकास उन्मुख शहर बन्दै गएको छ ।
इटहरीदेखि करिब २० किलोमिटर क्षेत्रमा पर्ने पूर्वपश्चिम उत्तर र दक्षिणका भू–भागलाई समेटेर इटहरीलाई प्रदेशको राजधानी बनाउन उपयुक्त स्थानका रुपमा छनोट गर्नु वैज्ञानिक हुने भन्दै यहाँका सम्पूर्ण राजनीतिक दल, व्यापारी ,बुद्धिजीवी ,सञ्चारकर्मी ,उद्योगी र सर्वसाधारण एवं नागरिक समाज समेतले ऐक्यबद्धता जनाउदै आएका छन् ।
नागरिक समाज इटहरीका अध्यक्ष कमलेश पौडेल भन्छन् –‘राजधानीको सवाल राजधानीमा मात्र सीमित छैन । यसमा राजनीतिक र आर्थिक स्वार्थ पनि जोडिएको छ । राजधानी राख्ने विषयलाई लिएर शहरवासीवीच बहस र चर्काचर्की हुनु स्वाभाविक हो ।’ तर, बहस तर्ककासाथै व्यवहारिक पनि हुन आवश्यक देखिएको उनको भनाई छ । कसैका क्षणिक स्वार्थका लागि नभएर जनताका सहजताका लागि राजधानीको बहस हुनुपर्ने पौडेलको तर्क छ ।
इटहरीकी व्यवसायी तथा महिला अधिकारकर्मी रन्जु सिग्देल भन्छिन्– ‘यातायातको दृष्टिकोणबाट पूर्व, पश्चिम, उत्तर, दक्षिणहुँदै जुनसुकै ठाउँका लागि र जुनसुकै ठाउँबाट इटहरी सहज ट्रान्जिट हो । झापा होस् या विराटनगर, धनकुटा होस् या प्रदेश नं १ का अधिकांश पहाडी जिल्ला, सबैतिर पुग्नका लागि इटहरी पुग्नैपर्ने बाध्यता छ । यसर्थमा पनि जनताको सुविधाको दृष्टिकोणले इटहरी नै राजधानीका लागि उपयुक्त ठाउँ हुने हुन्छ ।’
भौतिक संरचना पर्याप्त
प्रादेशिक राजधानीका लागि आवश्यक पर्ने धेरैजसो भौतिक संरचना इटहरीमा उपलब्ध छन् । इटहरीस्थित तरहरामा रहेको क्षेत्रीय कृषि अनुसन्धानमा सयौं विघा जमिनसहित दर्जजौँ सुविधा सम्पन्न भवनहरू पनि यहि छन् जसलाई प्रादेशिक सरकारका तथा मन्त्रालयका लागि प्रयोग गर्न सकिन्छ ।
इटहरीका अर्का व्यवसायी दिवस पोखरेलका अनुसार तरहरा एकमात्र प्रादेशिक राजधानीको भने विकल्प होइन । इटहरीका अन्य ठाउँमा पनि ५० औँ विघा जमिन रहेकाले त्यहाँ पनि प्रदेशको राजधानी राख्न सकिने उनको भनाई छ । तर संरचना, सहजता र व्यवहारिक दृष्टिकोणले तरहरा फार्मनै प्रादेशिक राजधानीका लागि उपयुक्त हुने उनको ठहर छ । इटहरीमा रहेको जुटबिकास अनुसन्धान केन्द्र, इटहरी चोक नजिकैको खाद्य गोदाम, क्षेत्रिय रंगशाला, झुम्कामा रहेको कृषि तथा बिउबिजन केन्द्र तथा अन्य सार्वजनिक ऐलानी, पर्ति, नदी उकास जग्गाहरु राजधानीकालागि प्रयोग गर्न सकिने पूर्वाधारहरु हुन् ।
भाषाभाषिको संगमस्थल
प्रादेशिक राजधानीले सबै जातजाती, धार्मिक, भाषिक र सांस्कृतिक प्रतिनिधित्व गर्नु पर्दछ । यिनै व्यवहारिक आधारका कारण पनि इटहरी राजधानीका लागि उपयुतm हुने इटहरीका पूर्व सभाषद एवम् राजनीतिज्ञ रामकुमार सुब्बाको भनाई छ । ‘यहाँ पहाडे क्षेत्री, बाहुन, जनजाति, थारु, दलित, मधेसी समुदायका विभिन्न आदिवासी लागायत ६९ जातजातिको बसोबास छ । धार्मिक हिसाबले पनि यहाँ विभिन्न धर्मावलम्वीहरूको सदभावयुक्त बसोबास रहदै आएकोले प्रादेशीक राजधानी इटहरी उपयुक्त छ ।’
सुरक्षाका दृष्टिकोणले मजवुत
सुरक्षाको दृष्टिकोणबाट प्रादेशिक राजधानी बलियो हुन आवश्यक छ । इटहरीमा नेपाली सेनाको पृतना मुख्यालय, इटहरीसँगै जोडिएको पकलीमा सशस्त्र प्रहरीको क्षेत्रीयस्तरको बाहिनी, क्षेत्रिय ट्राफिक कार्यालय, अख्तियारको क्षेत्रिय कार्यालय, कोशी अञ्चल यातायत व्यवस्था कार्यालय, क्षेत्रिय कृषि अनुसन्धान कार्यालय, क्षेत्रिय भन्सार कार्यालय लगायत छन् । प्रदेशभित्र कुनै घटना विशेषमा सुरक्षाकर्मी परिचालन गर्न पनि इटहरी उपयुतm मानिन्छ । ‘राजधानीभित्र सुरक्षाको चुनौतिसँगै आपतकालिन अबस्थामा सुरक्षाकर्मी परिचालन गर्नुपर्ने अबस्थामा पनि इटहरी सहज शहर हो’ प्रदेशसभा सदस्य सर्वध्वज साँवा भन्छन् –राजधानीको सुरक्षाका निम्ती अन्तराष्ट्रिय सिमा नजिकै हुनु ठुलो चुनौति हुन्छ ।’
धेरै सम्भावना र उदयमान शहरका रुपमा इटहरीको विकास हुुदै आएपनि यस स्थानमा पहुँच भएका प्रभावशाली नेता भने कमै छन् । दमक र विराटनगरको तुलनामा यहाँ प्रभावशाली नेता कम भएकाले पनि राजधानीको निम्ती दबाब दिन केही असहज हुने संञ्चारकर्मी बिराट अनुपम बताउँछन् ।
राजधानीका लागि प्रतिवेदन तयार
इटहरीलाई प्रदेश नम्वर एकको प्रादेशिक राजधानी बनाउँन सकिने आधार सहितको प्रतिवेदन तयार पारिएको छ । प्रदेशका चौध जिल्लाको जनसंंख्या र जिल्ला सदरमुकामसम्म जोडिएका सडक यातायात मार्गको दुरीसम्मको तथ्यांक निकाल्दै राजधानी सरोकार समाज सुनसरीले आधार सहितको प्रतिवेदन तयार पारेको हो । इटहरी तथा आसपासका बौद्धिक तथा विश्लेषकहरुको सात सदस्यीय समुहले इटहरी प्रादेशिक राजधानी हुन उपयुक्त रहेको प्रतिवेदन तयार गरेको हो ।
हाल प्रदेश राजधानीका लागि प्रस्तावित एवं चर्चित केन्द्रहरु धनकुटा, धरान, इटहरी र विराटनगरसम्म प्रत्येक जिल्ला सदमुकामबाट जोडिएका वा निकट भविश्यमा जोडिने कम दुरीका सडक मार्गकाकारण पनि इटहरी प्रदेश नम्वर एकका १४ जिल्लाका सर्वसाधरणलाई इटहरी आउँन सबैभन्दा छोटो दुरी हुने प्रतिवेदनमा उल्लेख छ ।
एक नम्बर प्रदेशका १४ जिल्लामा बसोबास गरिरहेको सम्पूर्ण जनसंख्याले सडक मार्ग भएर यात्रा गर्दा इटहरीका लागि ४३२६६६११ किलोमिटर पर्छ भने धरानका लागि ४८४६७९४५, विराटनगरको लागि ४९०४१७ं४१ र धनकुटाको लागि ६२९५६८०० किलोमिटर यात्रा गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ ।
इटहरीलाई हालकै इटहरी मात्र नभई भविश्यको बृहत्तर इटहरीको संभावित संरचनाको अवधारणासहित लेटाङ्ग बेलवारी, सुन्दरहरैचा, दुहवी, इनरुवा, रामधुनी, बराह तथा धरानसम्मको बृत्तक्षेत्रभित्र राजधानी निर्धारण गर्न उपयुक्त हुने सरोकारवालाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
-
अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र पार्यो, इरानको जवाफी प्रहार कुवेत र जोर्डनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण