शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हरेक महिनाको ७ गते पालिकाको बैठक बस्ने माओवादी केन्द्रको संकल्प

मङ्गलबार, २१ भदौ २०७९, १८ : ०१
मङ्गलबार, २१ भदौ २०७९

नेकपा (माओवादी केन्द्र) प्रदेश १ का १३७ वटै पालिकाका अध्यक्ष, सचिव र कोषाध्यक्षले हरेक महिनाको ७ गते बैठक राख्ने संकल्प गरेका छन् । 
माओवादी केन्द्र प्रदेश १ ले सुनसरीको इटहरीमा सोमबार आयोजना गरेको राजनीतिक तथा सांगठनिक प्रशिक्षण कार्यक्रममा उनीहरुले नियमित बैठक राख्नेसहित ७ संकल्प गरेका छन् । उक्त कार्यक्रममा १४ वटै जिल्लाका जिल्ला समन्वय समितिका संयोजकहरू, पालिका समितिका इन्चार्ज, अध्यक्ष, सचिव र कोषाध्यक्षहरू सहभागी थिए । सो कार्यक्रममा प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङले प्रस्ताव गरेको ७ संकल्प प्रस्ताव पारित भएको हो । 

पारित संकल्पमा प्रत्येक महिनाको ७ गते पालिका समितिको बैठक राख्ने, जिल्ला समन्य समितिको बैठक प्रत्येक २ महिनामा २ गते राख्ने, बैठक राख्ने निर्णय कार्यान्वयन नगर्ने समितिलाई अनुशासनको दायरामा आउन सहमत हुने, सबै पालिकाहरुमा २०७९ असोज मसान्तभित्र पार्टी कार्यालय संचालनमा ल्याइसक्ने लगायत उल्लेख छ । 

यस्तै सोही कार्यक्रममा प्रदेश कार्यालयको तर्फबाट अध्यक्ष मिक्सोले पारित संकल्प प्रस्ताव कार्यान्वयन भएनभएको अनुगमन गर्ने र मातहतका सबै समितिलाई अनुशासनको दायरामा ल्याउने, राम्रो काम गर्ने समिति र सदस्यहरुलाई वर्षमा एक पटक पुरस्कृत र सम्मान गर्ने बताएका थिए ।

कार्यक्रममा माओवादी प्रदेश १ का उपाध्यक्ष पृथ्वी किराँतीले आगामी निर्वाचनबारे, उपाध्यक्ष विजय साम्पाङले प्रचार–प्रसारबारे, सचिव गणेश उप्रेती (सुशील)ले राजनीतिक तथा सांगठनिक, कोषाध्यक्ष गगन पुरीले आर्थिक परिचालन सम्बन्धी प्रशिक्षण दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप