बारामा माओवादीबाट चार संघीय निर्वाचन क्षेत्रमा ८ जना सिफारिस
बुधबार, २२ भदौ २०७९, ०७ : १८
मंसिर ४ गते हुने संघ तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) बाराले ८ जनाको नाम सिफारिस गरेको छ ।
बाराको ४ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १ मा गोपाल ठाकुर र श्याम किशोर यादव, क्षेत्र नं २ मा शिवचन्द्र प्रसाद कुश्वाह, निर्वाचन क्षेत्र नं ३ र ४ को लागि क्रमश: गीता कडेल, सोनालाल साह, क्षेत्रबहादुर श्रेष्ठ, जयराम दाहाल र रामराज चौधरीको नाम सिफारिस भएको हो ।
मंगलवार बसेको जिल्ला समन्वय समिति बैठकले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फका दावेदार उम्मेदवारहरूको नाम क्षेत्रीय कमिटीमा सिफारिस गरेको हो । सिफारिस भएका ८ जना मध्ये गोपाल ठाकुर पोलिटब्युरो सदस्य हुन् भने क्षेत्रबहादुर श्रेष्ठ, शिवचन्द्र कुश्वाह, गीता कडेल केन्द्रीय सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्को हप्ता औषधि परामर्श परिषद्को बैठक बस्दै, औषधि मूल्य समायोजनबारे निर्णय हुने
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
-
शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण