सुपर लघुवित्त समस्याग्रस्त, संचालकले नै नक्कली ऋणी खडा गरे
नेपाल राष्ट्र बैंकले दाङको तुलसीपुरमा रहेको सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । संस्थाको संचालक समिति अध्यक्ष तथा सदस्यहरुले नक्कली ऋणी खडा गरी कर्जा दुरुपयोग गरेको पाइएपछि सो संस्थालाई समस्याग्रस्त घोषणा गरिएको हो ।
नेपाल राष्ट्र बैंकले संस्थाको गत असोज मसान्तको वित्तीय विवरणका आधारमा समस्टिगत स्थलगत निरीक्षण गरेको थियो । यसरी निरीक्षण गर्दा कैफियत देखिएपछि राष्ट्र बैंकले विशेष निरीक्षण गरेको थियो । यस्तो निरीक्षणबाट संस्थाका संचालक समिति अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष सम्मिलित भइ संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा दुरुपयोग गरिएको पाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यस्तै, संस्थाको पुँजीकोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएको राष्ट्र बैंकले संस्थालाई गत चैतमा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो । संस्थाले दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण