बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रुसप्रतिको पश्चिमी नीति भड्काउपूर्ण भएको टर्कीका राष्ट्रपतिको एर्दोगानको आरोप

बिहीबार, २३ भदौ २०७९, १७ : १०
बिहीबार, २३ भदौ २०७९

टर्कीका राष्ट्रपति रिसेप तयिप एर्दोगान पश्चिमी राष्ट्रहरुले रुसलाई भड्काउने नीति अंगालेको आरोप लगाएका छन् । एर्दोगानले पछिल्लो समय रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सम्बन्ध टुट्न नदिई द्वन्दमा तटस्थ भूमिका निभाउने प्रयास गरिरहेका छन् । 

युक्रेनी बन्दरगाहबाट फसेका खाद्यान्नको ढुवानी खुलाउन दुई पक्षबीच मध्यस्थता गरेको टर्कीले युक्रेनलाई युद्धमा सामाग्री बेचिरहेको छ । टर्कीको ड्रोनले रुसविरुद्धको लडाईमा युक्रेनलाई ठूलो सहयोग गरेको छ । 
बेलग्रेडको भ्रमणमा रहेका एर्दोगानले बुधबार पत्रकार सम्मेलनमा नोर्ड स्ट्रिम १ पाईपलाईनबाट युरोप आपुर्ति हुने ग्यास कटौती गर्ने पुटिनको मनसाय आफूले बुझेको बताए । 

‘म खुलेरै पश्चिमी शैली सही छैन भन्न सक्छु, किनकि उनीहरुले युद्ध भड्काउने र उत्तेजित गर्ने नीति अंलागेका छन् ,’ एर्दोगानले उनका सर्बियाली समकक्षी एलेक्जाण्डर भुसिकसँगको संयुक्त पत्रकार सम्मेलनमा भने । 
‘जबसम्म तपाई यस्तो भडकाउपूर्ण कारबाही चलाईरहनुहुन्छ, अपेक्षित नतिजा हासिल हुने सम्भावना रहदैन ,’ एर्दोगानले भने । एर्दोगानले किएभ र मस्कोसँग कायम खुला सम्बन्धको प्रयोग गरेर रुसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच सिधा वार्ता गराउने प्रयास गरेका थिए, जुन सफल हुन सकेन ।

‘टर्कीले युक्रेन र रुसबीच सधैं सन्तुलित सम्बन्ध कायम गर्दै आएको र भोली पनि यसलाई निरन्तरता दिनेछ ,’ उनले दावी गरे । ​एर्दोगान र पुटिनबीच आगामी साता उज्बेकिस्तानमा हुने एक क्षत्रिय सम्मेलनमा भेट हुने सम्भावना छ । चिनियाँ राष्ट्रपति पनि सम्मेलनमा उपस्थित रहनेछन् । 

युक्रेनमा रुसी आक्रमण सुरु भएपछि पश्चिमी मुलुकहरुले रुसविरुद्ध कठोर प्रतिबन्धहरु लागु गर्दा नेटोको सदस्य टर्कीले पश्चिमलाई प्रतिबन्धमा साथ दिएको थिएन । बरु हालै टर्की र मस्कोबीच एक नयाँ आर्थिक सहकार्यमा सम्झौता हस्ताक्षर भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप