युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित छैन : भारत
युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित नरहेको भन्दै भारतले विशेषगरी विकासोन्मुख देशहरुमा खाद्यान्न, मल र इन्धन सुरक्षालाई लिएर चिन्ता बढाएको बताएको छ । सुरक्षा परिषद्लाई आश्वस्त पार्दै संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा काम्बोजले युक्रेन द्वन्द्वका कारण उत्पन्न आर्थिक कठिनाइलाई कम गर्न भारतले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने बताए ।
‘भारतले अन्तर्राष्ट्रिय समुदाय र साझेदार देशहरूसँग यस द्वन्द्वबाट उत्पन्न हुने आर्थिक कठिनाइहरू कम गर्ने कार्यलाई जारी राख्नेछ । युक्रेन द्वन्द्वको प्रभाव युरोपमा मात्र सीमित छैन,’ उनले बुधबार सुरक्षा परिषद्को बैठकमा भने ।
उनले भने, ‘द्वन्द्वले विशेष गरी विकासोन्मुख देशहरूमा खाद्यान्न, मल र इन्धन सुरक्षाको बारेमा चिन्ता बढाइरहेको छ र हामी सबैले समानता, सामर्थ्य र पहुँचको महत्वलाई पर्याप्त रूपमा बुझ्नु आवश्यक छ ।’
रुचिरा काम्बोजका अनुसार पछिल्लो तीन महिनामा भारतले अफगानिस्तान, म्यानमार, सुडान र यमन लगायतका देशलाई १८ लाख टनभन्दा बढी गहुँ निर्यात गरेको छ । भारतले अन्तर्राष्ट्रिय समुदायले मानवीय सहायताको आह्वानमा सकारात्मक प्रतिक्रिया जारी राख्नेछ । भारतले हालै युक्रेनलाई मानवीय सहायताको बाह्रौं खेप पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्ताको माटो बोकेर आज पनि माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
खुकुरी प्रहार गरेर भागेका ‘टाइगर’ पक्राउ
-
युरेनियम धातु उत्खनन गर्न कसैसँग सम्झौता भएको छैन : परराष्ट्रमन्त्री
-
रास्वपा अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेल
-
बाँकेमा रासायनिक मल वितरण
-
फ्रान्सको खतरनाक लय : विपक्षीलाई तर्साउँदै ‘सुपरस्टार’हरूको टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण