बराबरीमा रोकियो बायर्न, डर्टमण्ड पराजित
साबिक विजेता बायर्न म्युनिख बुन्डेस लिगामा बराबरीमा रोकिएको छ । स्टुटगार्डले इन्जुरी समयमा पेनाल्टी पाएपछि बायर्न २–२ को बराबरीमा चित्त बुझाउन बाध्य बनेको हो । खेलको ९२ औँ मिनेटमा पाएको पेनाल्टीलाई सरहोउ गुइरासीले सजिलै गोलमा परिणत गरेका थिए ।
खेलको पहिलो हाफमा १७ वर्षीय म्याथिस टेलले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । तर, ५७ औँ मिनेटमा क्रिस फ्युरिचले बराबरी गोल फर्काए । लगत्तै जमल मुसियालालाई पुनः अग्रता दिलाए ।
१९ वर्षीय खेलाडीको सिजनको चौथो गोल बायर्नको जीतका लागि पर्याप्त हुने देखिएको थियो । तर, म्याथिस डि लिटले गुइरासीलाई फल हानेपछि स्टुटगार्डले पेनाल्टी पाएको थियो । ६ खेलपछि बायर्न १२ अंकसहित गोलअन्तरले लिगको शीर्ष स्थानमा रहेको छ ।
उता, उपाधिको दाबेदार बोरुसिया डर्टमण्ड आरबी लेइपजीगसँग ३–० गोलले पराजित भएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको होफनहाइमले माइन्जलाई ४–१ को गोल अन्तरले हराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘किसान र माटोसँग घुलमिल नभई नयाँ नवप्रवर्तन सम्भव छैन’
-
आयोगका सिफारिस कार्यान्वयन नगर्नु मानवअधिकार हनन् हो : थापा
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण