पत्रपत्रिका
वीरगञ्जमा १ हजार ८ सयभन्दा बढी गाडी थन्किए
सोमबार, २७ भदौ २०७९, ०६ : ०२
सरकारले गाडी आयातमा गरेको कडाइबाट आयातकर्ता र उपयोगकर्तामात्र होइन, व्यापार सहजीकरणमा लागेका निकायसमेत समस्यामा परेका छन् । गाडी आयात परिमाणका आधारमा सबैभन्दा ठूलो नाका वीरगञ्जमा १ हजार ८ सयभन्दा बढी गाडी थन्किएका छन्।
वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) भन्सारमा गाडी रोकिएका छन् । ती गाडीको पार्किङ र सुरक्षा व्यवस्थापनमा चुनौती भएको नेपाल इन्टरमोडल यातायात विकास बोर्डले बताएको छ। आईसीपीमा गाडीको चाप थपिँदै गएकाले अहिलेका लागि ३०० गाडी अटाउने पार्किङस्थल बनाउन लागिएको बोर्डको वीरगञ्ज प्रमुख कमल ज्ञवालीले जानकारी दिए । नयाँ पार्किङ बनेपछि गाडीको चाप व्यवस्थापन सहज हुने विश्वास प्रमुख ज्ञवालीको छ । 'आईसीपीमा भित्रिएका गाडी पास हुन सकेका छैनन्,' ज्ञवालीले भनेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण