संग्रहालयमा भेटियो ८८ वर्ष पुरानो राहदानी
राहदानी विभागमा रहेको राहदानी संग्रहालयु मा ८८ वर्षअघि तत्कालीन राहदानी विभागका महानिर्देशक केशरशमशेरले हस्ताक्षर रहेको राहदानी हस्तान्तरण गरिएको छ।
कृष्ण उपाध्याय (रिमाल) का नाममा १९९० साल चैत २० गते (सन् १९३४ अप्रिल २) जारी गरिएको उक्त राहदानी उनका छोराद्वय ८७ वर्षीय ध्रुवप्रसाद रिमाल र ७६ वर्षीय बालप्रसाद रिमालले मंगलबार राहदानी विभाग पुगेर महानिर्देशक सुरेन्द्रकुमार यादवलाई हस्तान्तरण गरेका हुन्।
उक्त राहदानी हाल राहदानी संग्रहालयमा संग्रहित सबैभन्दा पुरानो भएको विभागका महानिर्देशक यादवले जानकारी दिए। सन् २०१९ मा स्थापना भएको संग्रहालयमा नेपाल तथा अन्य विभिन्न मलुकबाट जारी भएका पुराना राहदानी सम्भव भएसम्म संकलन गरी राखिएको छ।
उपाध्यायका नाममा दसौं कूटनीतिक राहदानी जारी भएको थियो । उनले सन् १९३४ मा बेलायतमा राजदूतावास सञ्चालनका लागि नेपालबाट लन्डन जाने पहिलो टोलीको सदस्यका रूपमा उक्त राहदानी लिएको पूर्वपरराष्ट्र सचिव मदन भट्टराई बताउँछन् । उक्त भ्रमण दललाई 'वोजस्वी राजन्न मिसन' नाम दिइएको थियो । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण