नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषा बनाउन प्रक्रिया शुरु
वाग्मती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषा बनाउनका लागि प्रक्रिया शुरु गरेको छ। वाग्मती प्रदेशले नेपाली भाषासँगै प्रदेशमा बढीभन्दा बढी बोलिने भाषाको रुपमा ती दुईवटा भाषालाई सरकारी कामकाजी भाषाको रूपमा मान्यता दिन लागिएको हो।
भाषा आयोगले संविधानबमोजिम ती दुईवटा भाषालाई वाग्मती प्रदेशमा सरकारी कामकाजी भाषाका रुपमा प्रयोग गर्न सकिने भनी एक वर्षअघि सिफारिस गरेको थियो।
सोही सिफारिसलाई आधार बनाई प्रदेशको मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो कार्यका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताए । सोका लागि तीन सदस्यीय एक कार्यदल गठन गरिएको छ।
आयोगले गरेको सिफारिस, त्यो सिफारिसअनुसार कसरी अघि बढ्ने सम्बन्धमा अध्ययन गरी दुई साताभित्र प्रतिवेदन बुझाउन एक कार्यदल बनाई कार्यदललाई जिम्मेवारी दिएका छौं मुख्यमन्त्री पाण्डेले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण