नागढुंगाको सुरुङ ७ महिनाभित्र छेडिने
काठमाडौंलाई धादिङसँग जोड्ने निर्माणाधीन नागढुंगा(सिस्नेखोला सुरुङमार्ग आयोजनाको कुल प्रगति १२.९० प्रतिशत पुगेको छ। सुरुङ छेड्ने काम भने आगामी ७ महिनामा पूरा हुने बताइएको छ। आइतबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, 'काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ५ सय ४३ सुरुङ खन्ने काम पूरा भएको छ।'
विकास सहायता कार्यान्वयन महाशाखा तथा नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख रामहरि पोखरेलले भने, 'आयोजनको कल ६२.९० प्रतिशत काम पूरा भएको छ। आगामी ७ महिनाभित्र सुरुङ छेड्ने काम पूरा हुनेछ।'
उनका अनुसार निकासी सुरुङमार्गको २५ सय ५७ मिटरमध्ये १ हजार ७ सय १५ मिटर सुरुङ खन्ने काम पूरा भएको छ । वर्किड अडिट १ सय २७ मिटर पूरा भएको छ भने ऋस प्यासेज १ सय २८ मिटरमध्ये ७४.२० मिटर पूरा भएको छ। आयोजनाको कुल भौतिक प्रगति ४२ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४७ प्रतिशत छ। यो समाचार कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनपछि रास्वपाको केन्द्रीय समितिको पहिलो बैठक वनस्थलीमा
-
चालु वर्षमा २७५ निर्माण कम्पनी कालोसूचीमा, ३२ कम्पनी निलम्बन पर्दा १० को फुकुवा
-
छानबिनमा परेका तत्कालीन महानिर्देशक ढकाल मन्त्रालयमा हाजिर गर्दै
-
पहिरोका कारण स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध
-
देशका विभिन्न स्थानमा ५ वर्षीया बालिकासहित चार जना मृत फेला
-
रास्वपाका केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित रविले दिए घण्टी उपहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण