युरोपियन च्याम्पियन्स लिग : रियल मड्रिडको लगातार दोस्रो जित
बिहीबार, ३० भदौ २०७९, ०८ : १५
आरबी लाइपजिगलाई २-० ले पराजित गर्दै स्पेनिस क्लब रियल युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ ।
जर्मन प्रतिद्वन्द्वी लाइपजिगविरुद्ध रियलको जितमा फेडरिको भाल्भेर्डे र मार्को एसेन्सियोले गोल गरे । खेलको ८० औं मिनेटमा भाल्भेर्डेले रियललाई १–० को अग्रता दिलाए । इन्ज्युरी समयमा एसेन्सियोेले गोल गर्दै रियलको जित निश्चित गरे ।
समूह ‘एफ’ को अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र स्कटिस क्लब सेल्टिकले १–१ गोलको बराबरी खेले ।
जितसँगै रियल दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अपराजित सेल्टिक ४ अंक जोडेर दोस्रो स्थानमा छ । एक अंक जोडेको सेल्टिक तेस्रो स्थानमा रहदा लाइपजिगले अंक खाता खोल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण