मेस्सी, नेयमार र एमबाप्पेको गोलमा पीएसजीको दोस्रो जित
बिहीबार, ३० भदौ २०७९, ०९ : २२
स्टार खेलाडी लियोनेल मेस्सी, केलियन एमबाप्पे र नेयमारको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा मकावी हाइफाविरुद्ध ३-१ को जित निकालेको छ ।
बुधबार राति टिजारोन चेरीको गोलबाट हाइफाले अग्रता बनाएको थियो । तर, तीन स्टारले एक एक गोल गरेपछि पीएसजीले पुनरागमन जित निकाल्यो ।
समूह ‘एच’ को अर्को खेलमा युभेन्ट्स बेन्फिकासँग २–१ ले स्तब्ध भयो । जितसंगै पिएसजी दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ । समान ६ अंक बेन्फिका गोलअन्तरले पछि पर्दै दोस्रो स्थान छ । युभेन्ट्स र मकावी हाइफाले अंक जोड्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण