चेल्सी बराबरीमा रोकियो
बिहीबार, ३० भदौ २०७९, ०९ : ३४
प्रिमियर लिग क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलमा अष्ट्रियन क्लब आरबी साल्जवर्गसँग १–१ गोलको बराबरी खेलेको छ । बुधबार राति भएको समूह चरण अन्तर्गत दोस्रो खेलमा चेल्सीले एक गोलको अग्रता जोगाउन नसक्दा अंक बाँड्नु परेको हो ।
घरेलु मैदानमा खेलको ४८ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उता साल्जवर्गका लागि खेलको ५७ औं मिनेटमा नोः ओकाफोरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
बराबरीसँगै समूह ‘इ’ को चेल्सीले पहिलो दुई खेलबाट १ अंक जोडेको छ । साल्जवर्ग दुई खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ । बुधबार राति नै भएको अर्काे खेलमा सेभियाले कोपेनहमसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण