‘अब ट्रफीसँगै समर्थकलाई धन्यवाद भन्छौं’
महिला साफ च्याम्पियनसिपको १२ वर्ष लामो इतिहास पछि नेपालले भारतलाई हरायो । भारतलाई हराउँदै नेपाल फाइनलमा पुग्यो । नेपालको भारतसँग फाइनलमा धरै भेट हुन्थ्यो । यसअघिका पाँच संस्करण मध्य चार संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपाधि सुम्पिएको थियो ।
तर, घरेलु मैदानमा भएको साफमा भने नेपालले ऐतिहासिक सफलता हात पार्यो । नेपालले भारतलाई १–० गोल अन्तरले हरायो । पहिलो जितमा नेपाली खेलाडीसँगै प्रशिक्षक र समर्थकको पनि सफलता जोडिएको मुख्य प्रशिक्षक कुमार थापाले बताए ।
महिला फुटबललाई घरेलु समर्थकले धेरै समर्थन गरेकोले यो समर्थनलाई फाइनलसम्म कायम राख्न सके नेपाली खेलाडीहरुका लागि सकरात्मक पक्ष भएको बताए । उनले समर्थकहरुलाई अब यो सौहार्दपूर्ण समर्थकको लागि ट्रफी ल्याएर धन्यवाद दिने बताए ।
‘हामीलाई यति धेरै समर्थन मिलेको छ । त्यसको लागि धेरै खुसी छु । अब समर्थकका लागि ट्रफी दिलाएर धन्यवाद दिनेछौँ । उहाँहरुले फाइनलमा पनि यति नै समर्थन गर्नु हुनेछ भन्ने आशा छ,’ थापाले भने ।
थापा साफमा भारत माथि जित निकाल्ने पहिलो प्रशिक्षक पनि बनेका छन् । भारतमाथिको पहिलो जित र फाइनल पुग्नुको खुसी एउटै भएको थापा बताउँछन् । पछिल्लो समय नेपाली टोली उपाधिका लागि आतुर रहेको उनले बताए । नेपाली खेलाडीहरु पनि आफ्नो पहिलो सफलताका लागि आतुर रहेको बताए ।
‘हामी पहिलो सफलता नजिक छौं । फाइनल पुग्नुको खुसी धेरै छ । त्यसमाथि भारतलाई हराएर फाइनल पुग्नुको खुसी बेग्लैछ,’ थापाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण