पदयात्रामार्फत एमालेले दिएका चार सन्देश
आइतबार, ०२ असोज २०७९, ०६ : ५१
संविधान उल्लंघन हुनेगरी प्रतिनिधिसभा विघटन सिफारिस गरेको आरोप लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएको दिनलाई जनताको दिवसका रुपमा मनाउन आग्रह गरेका छन्।
उनले संविधान जारी भएका बेलाजस्तै राष्ट्रिय एकताको सन्देश दिन पनि सबैलाई अपिल गरे। एमालेले शनिबार राजधानीमा आयोजना गरेको पदयात्रा (वाकाथन) मा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
संविधानसभाले २०७२ असोज ३ गते संविधान जारी गरेको थियो। सोही आधारमा असोज ३ गते संविधान दिवस मनाइँदै आएको छ। एमालेले संविधान दिवसका अवसरमा पदयात्रा गरी चार सन्देश दिन खोजेको छ।
पदयात्रामार्फत एमालेले संविधान दिवस जनताको हुनुपर्ने, राष्ट्रियताका पक्षमा एकताबद्ध भएर उभिनुपर्ने, संविधानको रक्षा तथा कार्यान्वयन र फेरि एमाले नेतृत्वको सरकार गरी चार सन्देश दिएको छ । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण