शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रपतिबाट संविधानको मर्म र भावनामाथि चोट पुर्‍याउने काम भयो : रामचन्द्र पौडेल

बुधबार, ०५ असोज २०७९, ०६ : ३१
बुधबार, ०५ असोज २०७९

राष्ट्रपति विद्या भण्डारीबाट दुबै सदनबाट दोस्रोपटक पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सत्तारुढ दल रुष्ट देखिएका छन् । नेताहरुले राष्ट्रपतिबाट कानुनको पालना नभएको भन्दै आपत्ति जनाइरहेका छन् । 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको टिप्पणी गरे ।

बुधवार बिहान एक ट्वीट गर्दै नेता पौडेलले विधेयक दोस्रो पटक पनि प्रमाणीकरण नभएकोमा आक्रोष पोखेका हुन् । उनले बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार भएको उनले बताएका छन् । 

उनले भनेका छन्,'बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्था माथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप