शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिय समय

शनिबार, ०८ असोज २०७९, ०६ : ५२
शनिबार, ०८ असोज २०७९

ठिकठाक चल्दै थियो 
जिन्दगीको बाइसाइकल
अचानक, 
तिमीसँग भेट हुन पुग्यो । 
अनि, 
अचेल कता हो कता 
हराएको छ यो मन ।

रातमा ताराहरुले आकाशमा 
साम्राज्य जमाएजस्तै 
तिमीले मेरो मन अनि मस्तिष्कमा 
साम्राज्य जमाउनु 
तिमीसँग भेट हुनु 
संयोग थियो वा भाग्य ?
संयोग नै सही 
अनि प्रेम गर्नु खोज्नु ?
तिमी भन्छौ भने 
यसलाई पनि संयोग नै मान्न 
म तयार छु ।
तर, तिमीले पनि मन पराउँछौ भनेर मख्ख पर्नु 
साथीहरुले तिमीसँग नाम जोडेर जिस्काउनु
तिम्रै बारेमा सोचेर घण्टौँ टोलाउनु 
तर मनको कुरा तिमीलाई भन्छु 
भन्दाभन्दै पनि भन्न नसक्नु, 
यो कस्तो प्रेम ?
प्रेमको बहीखातामा
तिम्रो निम्ति बेहिसाब प्रेम छर्न मन छ  । 
यी सबै कुराहरूबाट बेखबर छौ तिमी 
तर, सक्दिन म यी सबै गर्न 
यदि तिमीले प्रेम गर्दिन भन्यौ भने ? 
भंग हुनेछ एक्लै तिमीलाई 
मन पराउनुको मज्जा 
तोडिने छ आशा अनि विश्वास 
अचम्मित हुनेछन् 
मदन आउनेछ दिलमा
९० सालको जस्तो भैँचालो 
तहस नहस हुनेछन् सारा सपनाहरू 
जुन मैले मात्रै देखेको थिएँ । 
अनि सुरु हुनेछ यो सहरमा 
एउटा प्रेमीको आमरण अनसन 
साराले भन्नेछन् मलाई, पागलप्रेमी 
अनि लेखिनेछ, 
एउटा विश्वविख्यात उपन्यास
जसको नाम हुनेछ, 
‘मौनताभित्र लुकेको प्रेम’ ।
                           नुवाकोट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप