आज देशको इज्जत
तिम्रै भारी मनले आमा
समुन्द्रकै मौनता साँचेर
चुँडिएका चोलीका तुना
मक्किएको पटुकीले
कम्मरको गुन्यू च्याप्न नसक्दा
तिम्रो इज्जत हावामा बरालिएछ ।
पारी क्षितिजबाट
उत्तर दक्षिण र पश्चिमका बैरी
आमालाई एकोहोरो दुरबिनले नियाल्दा
दुष्ट उनको अस्मिता अविरल चुमिरहदा
राजनेताको प्रतिकारमा चोली र गुन्यू सत्याग्रह गर्दै
सम्झौताको पञ्चशीलतामा लाठीचार्ज गरिरहन्छन् ।
मेरा बाका धुजा धुजा सुरुवाल र भोटी
लाचार बाकस भरी चाँचेर राखिएका
सुगौली सन्धिका कागजी प्रमाणका ठेलीमा
एक चिम्टी अधिकार जमाउन नसक्दा
हृदयमा जमेर बसेको अपमान मेटाउन
मेरो पाखण्डी देशभक्तीमाथि कुर्बानी गरियोस् ।
कठै मेरा बाआमा,
बाआमाकै नाङ्गो आङमा
मैले एक धर्सो धागो फेर्न नसक्दा
संग्रहालयमा सजिएका सुगौली ठेली
विचरा सरम लुकाउन
शितल निवास र बालुवाटारका द्वारमा
सतीले आत्मदाह गर्दा
मलामी राष्ट्रपति
र, प्रधानमन्त्रीले सुली चढाइरहेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण