मैत्रीपूर्ण खेलमा ब्राजिलको सहज जीत
शनिबार, ०८ असोज २०७९, १० : ११
टोटनहम हटस्पर्सका स्ट्राइकर रिचार्लिसनको दुई गोलको मद्दतले ब्राजिलले मैत्रीपूर्ण खेलमा घानालाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
२५ वर्षीय खेलाडीले नेयमारसँगको कम्बिनेसनमा पहिलो हाफमा दुई गोल गरेका थिए । खेलमा ब्राजिलले अग्रता भने मार्किन्होसको गोलको मद्दतले लिएको थियो । खेलको नवौँ मिनेटमा नै मार्किन्होसले राफिन्याको पासमा गोल गरेका थिए ।
२८ औँ मिनेटमा रिचार्लिसनले नेयमारको पासमा ब्राजिलको अग्रता दोब्बर बनाए भने ४० औँ मिनेटमा नेयमारले नै रिचार्लिसनलाई अर्को गोलको अवसर सिर्जना गरे । ब्राजिलले मंगलबार ट्युनिसियाको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण