दक्षिणपन्थी नेतृ इटालीको पहिलो महिला प्रधानमन्त्री बन्ने नजिक
दक्षिणपन्थी नेतृ जियोर्जिया मेलोनीले इटालीको आम निर्वाचनमा जित हासिल गर्दै देशको पहिलो महिला प्रधानमन्त्री बन्ने नजिक पुगेकी छन् । दोस्रो विश्वयुद्धपछि मेलोनीले इटालीमा सबैभन्दा दक्षिणपन्थी सरकार गठन गर्ने अपेक्षा गरिएको छ ।
उनको उदयले युरोपमा हलचल मच्चिएको छ, किनभने इटाली युरोपियन युनियनको तेस्रो ठूलो अर्थतन्त्र हो । यद्यपि मतदानपछि मेलोनीले उनको बदर्स अफ इटाली पार्टीले ‘सबैका लागि सरकार’ बनाउने बताउँदै जनताको विश्वासलाई धोका नदिने प्रतिबद्धता जनाएकी थिइन् । ‘इटालीको जनताले बदर्स अफ इटालीको नेतृत्वमा दक्षिणपन्थी सरकार बनाउने स्पष्ट सन्देश दिएका छन्,’ रोममा पत्रकारहरूसँग कुरा गर्दै उनले ‘धन्यवाद इटाली’ लेखेको सङ्केत बोकेकी थिइन् ।
उनको निकटतम प्रतिद्वन्द्वी एनरिको लेट्टालाई उछिन्दै उनले २६ प्रतिशत मत हासिल गर्ने बताइएको छ । मेलोनीको दक्षिणपन्थी गठबन्धनमा माटेयो साल्भिनी र पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको पार्टीमा समावेश रहेको छ । गठबन्धनले दुवै सिनेट र च्याम्बरमा डेपुटीजमा ४४ मतसहित नियन्त्रण बनाउने अपेक्षा गरिएको छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण