ट्राफिक प्रहरीको विशेष चेकिङ : २० सवारी साधन कारबाहीमा, १६ नियन्त्रणमा
काठमाडौंको थानकोटमा सोमबार गरिएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका विङगर,हाईस र टाटासुमोलगायतका २० वटा भाडाका सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । यस्तै १६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको हो ।
चेकिङको क्रममा हेण्डब्रेक नभएका, लाईटहरु नभएका, टायर धेरै घसिएका लगायत अवस्था ठिक नभएका २० सवारी साधनलाई कारबाही १६ सवारी साधनलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
नियन्त्रणमा लिएका १६ सवारी साधनलाई आवश्यक कारबाहीको लागि यातायात व्यवस्था विभाग पठाउने तयारी गरिएको उनले बताए । अवस्था ठिक नभएका सवारी साधनलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले गत भदौ १५ गतेदेखि अभियानकै रूपमा कारबाहीलाई थप तीव्रता दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण