एन्फा विशेष साधार सभा सुरु
अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा सुरु भएको छ । गत असारमा चुनावी साधारण सभा सकेको एन्फाले बुधबार विशेष साधारण सभा बैठक बोलाएको हो ।
एन्फाले आजको साधारण सभाबाट गत असारमा भएको निर्वाचनमा बराबर मत पाएका चार जना केन्द्रिय सदस्यबाट अन्तिम दुई जनाको लागि निर्वाचन हुनेछ । बैठकमा एन्फाको वार्षिक योजना तयार पार्ने, भौतिक पूर्वाधारको विषयमा, श्वेत पत्र जारी गर्ने, मानार्थ अध्यक्ष र वरिष्ठ उपाध्यक्षको नियुक्ति अनुमोदन गर्ने र दुई जना सदस्यको निर्वाचन गर्ने एजेण्डा रहेका छन् ।
एन्फाको पछिल्लो केन्द्रिय निर्वाचनमा रुपेश अधिकारी, दिपक थापा क्षेत्री, दिपेन्द्र धिमाल र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरेका थिए ।
असारमा सम्पन्न चुनावी साधारण सभामा पंजकबिक्रम नेम्वाङ प्यानलबाट अधिकांश पदाधिकारी र सदस्य निर्वाचित भएका थिए । शेर्पा प्यानलबाट उपाध्यक्षमा कुमार केसी सहित ६ जना कार्यसमिति सदस्य निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण