दक्षिण अफ्रिकामाथि भारतको जित
बिहीबार, १३ असोज २०७९, ०९ : ४९
पहिलो टी-२० खेलमा भारतले दक्षिण अफ्रिकालाई आठ विकेटले हराएको छ । यस जितसँगै तीन खेलको शृंखलामा भारतले १–० को अग्रता लिएको छ ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको एक सय सात रनको लक्ष्य भारतले १६.४ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गरेको हो । भारतका ओपनर केएल राहुलले अविजित ५१ र सूर्य कुमार यादवले अविजित ५० रन जोडे ।
यसअघि टस हारेर ब्याटिङका लागि आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ६ रनको योगफल बनायो ।
दक्षिण अफ्रिकाका केशव महारेजले सर्वाधिक ४१ रन बनाए । यस्तै, आइदेन मार्करमले २५ र वेनी पर्नेलले २४ बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतका अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए । यस्तै, दीपक चहर र हर्षल पटेलले समान दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण