‘आदिपुरुष’ को फष्टलुकमा रामको अवतारमा देखिए प्रभास
सन् २०२३ मा रिलिज हुने अभिनेता प्रभास अभिनिति बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ को फष्टलुक पोष्टर सार्वजनिक भएको छ । पोस्टरमा प्रभास धनुष र बाण हान्ने योद्धा जस्तै देखिएका छन् । प्रभासको यो लुक्सलाई निकै रुचाइएको छ ।
प्रभासले पनि आफ्नो इन्स्टाग्राममा फिल्मको अफिसियल पोस्टर सेयर गरेका छन् । पोस्टरले फिल्मप्रति फ्यानको उत्साह झनै बढेको छ । फिल्मको टिजर भने यूपीको भगवान श्रीरामको सहर अयोध्यामा सरयू नदीको किनारमा सार्वजनिक गरिनेछ । फिल्ममा प्रभासको अलवा कृति सेननको पनि मुख्य भूमिका रहेको छ ।
फिल्म १२ जनवरीमा २०२३ मा आइम्याक्स र थ्रीडीमा रिलिज हुनेछ । फिल्म हिन्दीको अलवा तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा समेत रिलिज हुनेछ । फिल्ममा प्रभास भगवान रामको भूमिकामा छन्, भने कृति सीता, सन्नी लक्ष्मण र सैफ अली खान रावणको भूमिकामा छन् । फिल्मलाई ओम राउतले निर्देशन गरेका हुन् । –दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
-
विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण