रुकुम माओवादीले भन्यो– यसअघि जितेका क्षेत्र यथावत राखी भागवण्डा गरियोस्
नेकपा माओवादी केन्द्रको पश्चिम रुकुम जिल्ला कमिटीले प्रतिनिधि सभा र प्रदेश सभा सिट बाँडफाँटमा असन्तुष्ट जनाउँदै विरोध जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै जिल्ला संयोजक गोविन्द रोकाले यसअघि जितेका क्षेत्रलाई यथावत राखेर सिट बाँडफाँट गर्न आग्रह गरेका छन् ।
‘प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँडको लागि गठबन्धन दलहरुले यसअघि जितेका क्षेत्रहरु यथावत राखी अन्य क्षेत्रमा मात्र भागबण्डा मिलाउने भनी यसअघि निर्धारण गरिएको मापदण्ड अनुसार नै सिट बाँडफाँट सम्बन्धी निर्णय गर्न नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिम जोडदार माग गर्दछ’ विज्ञप्तिमा उल्लेख गर्दै भनिएको छ- ‘अन्यथा भएमा रुकुम पश्चिममा त्यसको परिणाम अनपेक्षित हुन सक्नेतर्फ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।’ रुकुम पश्चिम पार्टी उपमहासचिव एवम् अर्थ मन्त्री जनार्दन शर्माको गृह जिल्ला समेत हो ।
श्री सिट बाँडफाँड कार्यदल (सत्ता गठबन्धन)
काठमाडौं,
मिति : २०७९/०६/१४
विषय : ध्यानाकर्षण सम्बन्धमा ।
प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँडको लागि गठबन्धन दलहरुले यसअघि जितेका क्षेत्रहरु यथावत राखी अन्य क्षेत्रमा मात्र भागबण्डा मिलाउने भनी यसअघि निर्धारण गरिएको मापदण्ड अनुसार नै सिट बाँडफाँड सम्बन्धी निर्णय गर्न नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिम जोडदार माग गर्दछ । अन्यथा भएमा रुकुम पश्चिममा त्यसको परिणाम अनपेक्षित हुन सक्नेतर्फ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।
गोविन्द रोका(जिल्ला संयोजक)
नेकपा (माओवादी केन्द्र), रुकुम पश्चिम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स’ हुँदै
-
हामी बालेनको पुलिस होइनौँ भन्ने डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइयो
-
सवारी दुर्घटनामा चालककाे मृत्यु
-
रोकिएन इरानमाथि अमेरिकाको हवाई आक्रमण, संकटमा युद्धविराम सम्झौता
-
विश्वकप फाइनल हाफटाइम शोमा जस्टिन बिबर पनि सहभागी हुने
-
बजेट संशोधनको बाचा गरेको कोशी सरकारले साउनमै ‘रातो किताब’ सच्याउन सक्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण