माओवादी कर्णालीमा पहिलो पार्टी बन्ने गरी भागबण्डा हुनुपर्छ : अध्यक्ष केसी

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका अध्यक्ष विमला केसीले कर्णाली प्रदेशमा माओवादी पहिलो बन्ने सम्भावना रहेको पार्टी भएको बताएकी छन् । सीट बाँडफाँट गर्दा प्रदेशमा माओवादी नै पहिलो पार्टी बन्ने गरी भागबण्डा मिलाउनुपर्ने उनको तर्क छ ।
०७४ मा प्रदेश सभा तर्फ प्रत्यक्षतर्फ २४ सीट मध्ये ९ सीट जितेको थियो । बाम गठबन्धन भएको हिसाबले सरकारको नेतृत्व माओवादीले गर्ने अवसर प्राप्त गरेको थियो । आसामी मंसिर ४ मा हुने निर्वाचन पछि पनि कर्णालीमा माओवादी नेतृत्वको सरकार बन्ने गरी सीट बाँडफाँट हुनुपर्ने केसीको भनाइ छ ।
उनले भनेकी छन्,‘ ७ वटा प्रदेशमा माओवादी पहिलो पार्टी बन्ने सबैभन्दा बढी सम्भावना भएको प्रदेश कर्णाली हो । विश्वास छ त्यसका लागि हाम्रा आदरणीय नेता कमरेडहरु लागि पर्नुभएको छ ।’ यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कर्णालीमा माओवादी नेतृत्वको सरकार बन्ने गरी आफू लाग्ने बताएका थिए ।
सत्ता गठबन्धनले प्रतिनिधि सभाको भागबण्डाको टुङ्गो लगाएपनि प्रदेशतर्फको सीट बाँडफाँट हुन् सकिरहेको छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अधिकार नहुँदा औद्योगिक विकास र उद्यमशीलता काममा समस्या भयो : मुख्यमन्त्री लामा
-
आपराधिक गतिविधि, तस्करी पूर्ण रूपमा नियन्त्रण गर्न निर्देशन
-
सहिद लक्ष्मी फुयाल स्मृति प्रतिष्ठानको भवन शिलान्यास
-
गायिका रचना रिमाल चढेको जहाज नेपाल आउनुपर्नेमा जर्मनी पुगेपछि...
-
‘हस्ताक्षर मेरो हो, तर मैले त्यो सहकारी देखेकै छैन, त्यहाँ काम गर्नेलाई चिनेको छैन’
-
त्रिभुवन विमानस्थलबाट १० किलो गाँजा बरामद