इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले नटिङ्घम फरेस्टलाई हरायो
मङ्गलबार, १८ असोज २०७९, ०७ : ०२
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा लेस्टरले नटिङ्घम फरेस्टलाई ४–० गोलले हरायो ।
लेस्टरका जेम्स म्याडिसनले दुई गोल गरे । उनले खेलको २५ औँ र ३५ औँ मिनेटमा गोल गरेका हुन् । त्यस्तै खेलको २७ औँ मिनेटमा हार्वे बार्नस र ७३ औँ मिनेटमा प्याट्सन डाकाले गोल गरे ।
जितसँगै लेस्टर सिटीले ८ खेलमा ४ अंक जोडेको छ । लेस्टर अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । समान खेलमा ४ अंक नै रहेको नटिङ्घम फरेस्ट पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण