गोन्जालोद्वारा फुटबल जीवनबाट सन्यासको घोषणा
मङ्गलबार, १८ असोज २०७९, ०७ : २२
अमेरिकी फुटबल क्लब इन्टर मियामीका फरवार्ड गोन्जालो हिगुईनले सन्यासको घोषणा गरेका छन्। उनले सोमबार फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन्।
उनले २०२२ सिजनको अन्त्यपछि फुटबल नखेल्ने घोषणा गरेका हुन्। ३४ वर्षीय उनले चार सिजन युभेन्ट्समा बिताएपछि मियामीमा खेल्न थालेका थिए । सन् २०१६ मा नापोलीबाट युभेन्ट्स पुगेका उनले १४९ खेलमा ६६ गोल गरेका थिए।
हिगुईनले क्लब फुटबलमा ७ सय बढी खेल खेल्दै ३ सय बढी गोल र १ सय बढी असिस्ट गरेका छन् । अर्जेन्टिनाका लागि उनले ७५ खेलमा ३१ गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण