यू-१७ एसियन कप छनोट : नेपाल र भियतनाम भिड्दै
शुक्रबार, २१ असोज २०७९, ०६ : ५७
एएफसी यू-१७ एसियन कप छनोटको दोस्रो खेलमा आज नेपालले आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र भियतनामबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ ।
फु थोस्थित भियत त्रि स्टेडियममा नेपाल पहिलो जितको खोजीमा हुनेछ । बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।
भियतनाम भने लगातार दोस्रो जितको योजनामा हुनेछ । पहिलो खेलमा आयोजकले चाइनिज ताइपेलाई ४-० ले हराएको थियो । समूह 'एफ' मा रहेको नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । भियतनाम ३ अंक जोडेर शीर्ष र थाइल्याण्ड दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण