भीम रावलले टिकट नपाएपछि एमाले नेता प्रकाश शाहले दिए राजीनामा
शनिबार, २२ असोज २०७९, ११ : ४५

नेकपा एमालेका नेता प्रकाश शाहले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन् । अछामको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय निर्वाचन कमिटी संयोजकसमेत रहेका शाहले उम्मेदवारी चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।
पार्टीका जिल्ला इन्चार्ज झपट बोहराको प्रमुख आतिथ्यमा अछाम क्षेत्र नम्बर १, क्षेत्रीय समन्वय कमिटीको भदौ १९ गते बसेको बैठकले सो क्षेत्रका लागि सर्वसम्मत रुपमा भीम रावलको नाम एकल सिफारिस गरेको उल्लेख गर्दै शाहले केन्द्रबाट उक्त सिफारिस विपरीत उम्मेदवार चयन गरेको कारण दर्साउँदै निर्वाचन कमिटी संयोजक नरहने गरी राजीनामा दिएका हुन् ।
कमिटीले गरेको सिफारिसभन्दा बाहिर गएर केन्द्रले निर्णय गरेका कारण आफू नैतिक रुपमा सो पदमा बसिरहन उपयुक्त नभएको उनको भनाइ छ ।
*यसअघि तस्बिर अन्यथा भएकोमा क्षमायाचनासहित सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु