बेल्जियमको गोल वर्षा, न्युजिल्यान्डविरुद्ध ४–१ को फराकिलो अग्रता
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'जी'को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध ४–१ को फराकिलो अग्रता बनाएको छ।
- बेल्जियमका लियान्द्रो ट्रोसार्डले २८औँ र ५०औँ मिनेटमा, केभिन डे ब्रुयनेले ६६औँ मिनेटमा र रोमेलु लुकाकुले ८६औँ मिनेटमा गोल गरे।
- न्युजिल्यान्डका लागि इलाइजाह जस्टले ८४औँ मिनेटमा सान्त्वना गोल फर्काए।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध ४–१ को फराकिलो अग्रता बनाएको छ।
क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेसमा जारी खेलमा बेल्जियमका लियान्द्रो ट्रोसार्डले २८औँ र ५०औँ मिनेटमा गोल गर्दै टोलीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। त्यसपछि ६६औँ मिनेटमा कप्तान केभिन डे ब्रुयनेले अर्को गोल थप्दै अग्रता ३–० पुर्याए।
खेलको ८४औँ मिनेटमा इलाइजाह जस्टले गोल गर्दै न्युजिल्यान्डका लागि सान्त्वना गोल फर्काए। तर त्यसको दुई मिनेटपछि नै रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमको तीन गोलको अग्रता पुनः कायम गरे। निकोलस रास्किनको पासमा लुकाकुले सहज फिनिस गर्दै स्कोर ४–१ बनाए।
बेल्जियमले खेलभर बलमाथि नियन्त्रण राख्दै आक्रामक प्रदर्शन गरेको छ भने न्युजिल्यान्ड रक्षात्मक कमजोरीका कारण लगातार दबाबमा परेको छ।
हालको नतिजा कायम रहेमा बेल्जियमले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाउनेछ भने न्युजिल्यान्डको विश्वकप यात्रा समूह चरणमै टुंगिने सम्भावना बढेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी : ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
विश्वकप २०२६ : हालसम्म कुन–कुन टिम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
-
बखान : भरतपुर विद्रोहबाट जन्मिएको आख्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण