शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

सलमानलाई मार्ने जिम्मा पाएका नाबालिग पक्राउ

शनिबार, २२ असोज २०७९, २१ : ०२
शनिबार, २२ असोज २०७९

दिल्ली प्रहरीले आतंक फैलाएको आरोपमा २ जनालाई पक्राउ गरेको छ । आरोपित मध्ये एक नाबालिग छन् । लरेन्स बिश्नोई र जग्गु भगवानपुरियाले यिनै नाबालिगलाई सलमान खानको हत्या गर्ने जिम्मा दिएको प्रहरीले जनाएको छ ।

दिल्ली प्रहरीको विशेष टोलीका अनुसार लरेन्स बिश्नोईले सलमान खानलाई मार्ने जिम्मा पक्राउ परेका नाबालिग, दीपक सुराकपुर र मोनु डागरलाई दिएको थियो । तर पछि सलमानको सट्टा ग्याङ्गस्टर राना काण्डोवालियालाई मुख्य निशाना बनाइयो । 

यति मात्र होइन, केही दिनअघि सलमान खानका बुवा सलिम खान वाकका लागि बाहिर निस्कँदा उनको सुरक्षा टोलीलाई मुम्बईको बान्द्रास्थित घरबाहिर एउटा धम्कीपूर्ण पत्र प्राप्त भएको थियो, जसमा लेखिएको थियो– मूसवाले जस्तो गर्नेछु ।

यो पत्रपछि सलमानको सुरक्षा बढाइएको छ । गत मे २९ मा प्रसिद्ध गायक तथा कांग्रेस नेता सिद्धु मूसवालेको हत्या भएको थियो, जसको जिम्मेवारी लरेन्स विष्णोई ग्याङ्गले लिएको थियो । यो देखेर आरोपीले सलमान खानलाई मार्ने धम्की दिएका थिए ।

दिल्ली पुलिसले आरोपीलाई पक्राउ गरेदेखि सलमानका फ्यानहरूले उनलाई कडाभन्दा कडा सजायको माग गरिरहेका छन्। अहिले नाबालिगसँग सोधपुछ भइरहेको र बयानका आधारमा अनुसन्धान अघि बढाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप