शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

विवाहको चार महिनापछि जुम्ल्याहा सन्तानका आमाबुवा बने नयनतारा, विग्नेश

सोमबार, २४ असोज २०७९, १२ : ५९
सोमबार, २४ असोज २०७९

अभिनेत्री नयनतारा र फिल्म निर्माता विग्नेश विवाहको चार महिनापछि जुम्ल्याहा सन्तानका आमा–बुवा बनेका छन् । विग्नेश शिवनले आफ्नो सोसल मिडियामा यसबारे जानकारी दिएका हुन् ।

विग्नेशले इन्स्टाग्राममा नयनतार र जुम्ल्याहा सन्तानको फोटो पोस्ट गर्र्दै लेखे, ‘नयनतारा र म अम्मा र अप्पा बनेका छौँ । हामी भाग्यमानी छौँ कि हाम्रा जुम्ल्याहा सन्तान भएका छन् । हाम्रो सबै प्रार्थना, हाम्रा पिता पुर्खाको आशीर्वाद, हाम्रो बच्चाको रुपमा आएका छन् । हामीलाई तपाईंहरु सबैको आशीर्वाद चाहिन्छ–हाम्रो उइरो र उलगामका लागि । यी दुईको जन्मपछि हाम्रो जीवन थप सुन्दर भएको छ । भगवान दोब्बर महान हुनुहुन्छ ।’

विग्नेश र नयनताराले ६ वर्षको प्रेम सम्बन्धपछि २५ मार्च २०२१ मा इन्गेजमेन्ट गरेका थिए । उनीहरुले १० जून २०२२ मा विवाह गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप