साजिद खानलाई बिग बोसबाट हटाउन सूचना तथा प्रसारण मन्त्रीलाई पत्र
दिल्ली महिला आयोगकी प्रमुख स्वाती मालीवालले फिल्म निर्माता साजिद खानलाई रियालिटी शो ’बिग बोस’बाट हटाउन केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरलाई पत्र लेखेकी छन् ।
बिग बोसको १६ औं सिजनको पहिलो एपिसोड १ अक्टोबरमा प्रसारण भएको थियो। यो शोलाई अभिनेता सलमान खानले होस्ट गर्दैछन् ।
स्वाती मालिवालले ट्वीट गरेकी छिन्, ’मीटू आन्दोलनका क्रममा साजिद खानमाथि १० जना महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए। यी सबै आरोपले साजिदको घृणित मानसिकता देखाउँछ। अहिले त्यस्ता पुरुषलाई बिग बोसमा स्थान दिइएको छ। त्यो पूर्ण रूपमा गलत हो। साजिद खानलाई शोबाट हटाउन अनुराग ठाकुरलाई पत्र लेखेकी छु !’
साजिद खानलाई सन् २०१८ मा धेरै महिलाले यौन उत्पीडनको आरोप लगाएपछि भारतीय चलचित्र तथा टेलिभिजन निर्देशक संघले एक वर्षको लागि निलम्बन गरेको थियो। त्यही वर्ष उनले आफ्नो फिल्म हाउसफुल ४ बाट आफ्नो नाम हटाउनुपरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
-
विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण