आलियाले विवाहको दुई महिनापछि त श्रीदेवीले विवाह अघि नै गरेकी थिइन् गर्भवती भएको घोषणा
साउथका पावर दम्पती भनिने नयनतारा र विग्नेश शिवन सरोगेसीको माध्यमबाट जुम्ल्याहा सन्तान (छोराहरु) का अभिभावक बनेका छन् । विग्नेशले आफ्नो सोशल मिडिया ह्यान्डलमा एक पोस्ट मार्फत् आफूहरु आमाबाबु बनेको जानकारी दिएका छन् । यो जोडीले सन् २०२२ जुन ९ मा विवाह गरेका थिए र विवाहको ४ महिनापछि दुवै अभिभावक बनेका छन् । बिहेको केही महिनामै आमा बन्ने नयनतारा पहिलो अभिनेत्री होइनन्, यसअघि पनि यस्ता केही अभिनेत्री छन्, जो विवाहको केही समयपछि नै आमा बनेका छन् ।
अब हेरौं बिहेको केही महिनापछि आमा बन्ने अभिनेत्रीलाई
आलिया भट्ट
आलिया भट्टले १४ अप्रिल २०२२ मा रणवीर कपूरसँग विवाह गरेकी थिइन् । विवाहको करिब दुई महिनापछि आलियाले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् ।
नेहा धुपिया
नेहा धुपिया र अंगद बेदीले १० मे २०१८ मा विवाह गरेका थिए । बिहे गरेको ६ महिनामै नेहाले छोरीलाई जन्म दिइन् । अभिनेत्रीले पोस्ट सेयर गरेर सबैलाई यो जानकारी दिएकी थिइन् । विवाहअघि नै नेहा गर्भवती भएको खबर पनि आएको थियो, त्यसैले उनीहरुले हतारमा विवाह गरेको हुनसक्ने अनुमान धेरैले गरेका थिए ।
सेन शर्मा
अभिनेत्री कोंकणा सेनले ३ सेप्टेम्बर २०१० मा अभिनेता रणवीर शौरीसँग विवाह गरेकी थिइन् । बिहे गरेको ५ महिनामै उनले छोरा हारुनलाई जन्म दिइन् । त्यतिबेला पनि नायिका बिहेअघि नै गर्भवती भइसकेका कारण उनले हतारमा बिहे गरेको पनि अनुमान गरिएको थियो । कोंकणा र रणवीरको यो विवाह ५ वर्ष मात्र टिक्यो र सेप्टेम्बर २०१५ देखि दुबै अलग बस्न थाले । सन् २०२० मा दुवैको सम्बन्धविच्छेद भयो र अहिले छोराको कस्टडी दुवैको हातमा छ ।
मिर्जा
यो सूचीमा दिया मिर्जाको नाम पनि परेको छ । दियाले १५ फेब्रुअरी २०२१ मा व्यापारी वैभव रेखीसँग विवाह गरेकी थिइन् । विवाहको डेढ महिनापछि दियाले आफु गर्भवती भएको घोषणा गरिन् । ५ महिनापछि दियाले छोरालाई जन्म दिइन् । छोरोको समयपूर्व डिलिवरी भएको र २ महिनासम्म एनआईसीयूमा राखिएको पनि अभिनेत्रीले बताइन् । निकै छिटो गर्भवती भएको भन्दै दिया ट्रोलिङको सिकार पनि भएकी थिइन् ।

दिवंगत अभिनेत्री श्रीदेवीले विवाहअघि नै आफू गर्भवती भएको घोषणा गरेकी थिइन् । बोनी कपूरसँग उनको अफेयर थियो तर त्यतिबेला बोनी विवाहित थिए । बोनीकी जेठी पत्नी अर्जुन कपूरकी आमा मोना शौरी थिइन्, जसबाट बोनीले पछि सम्बन्धविच्छेद गरे र श्रीदेवीसँग विवाह गरे । विवाहको ९ महिनापछि श्रीदेवीले छोरी जान्हवी कपूरलाई जन्म दिइन् ।
अब यो पनि जानौं कि सरोगेसी भनेको के हो ?
सरोगेसी के हो ?
सरोगेसीलाई सामान्यतया ‘भाडाको गर्भ’ भनिन्छ । कुनै कारणले दम्पती आमाबुवा बन्न नसक्दा यो तरिका अपनाउने गरिन्छ । बच्चा जन्माउनका लागि दम्पतीले अन्य महिलाको साहारा लिन्छन् । बच्चा जन्माउनको लागि कानुनी सम्झौता गरिन्छ, जसमा बच्चाको आमा र बच्चा लिने अभिभावक संलग्न हुन्छन् । यसरी गर्भमा बच्चा हुर्काउनेदेखि लिएर जन्मिनुसम्मलाई सरोगेसी भनिन्छ । अर्काको सन्तान आफ्नो गर्भमा बोकेकी महिलालाई सरोगेट आमा भनिन्छ ।
अब हेर्नुस् सरोगेसीको सहयोगमा आमाबुवा बनेका सेलिब्रेटीहरू -
प्रियंका चोपडा
प्रियंका चोपडाले २१ जनवरी २०२२ मा सोशल मिडिया मार्फत आफू आमा बनेको जानकारी साझा गरिन् । नायिकाले सरोगेसीको सहयोगमा छोरीलाई जन्म दिएकी छन् । छोरीको नाम मालती म्यारी चोपडा जोनस हो ।
गौरी खान
शाहरुख खान र उनकी श्रीमती गौरीले पनि सरोगेसी मार्फत छोरा अबरामलाई जन्म दिएका थिए । अबरामको जन्म २७ मे २०१३ मा भएको थियो ।
शिल्पा शेट्टी
यो लिस्टमा शिल्पा शेट्टी र राज कुन्द्राको नाम पनि परेको छ । शिल्पाले सरोगेसी मार्फत छोरी शमिशालाई जन्म दिएकी हुन् । रिपोर्टका अनुसार शिल्पाको गर्भपात भएको थियो र उनी अटोइम्यून रोगबाट पनि पीडित थिइन् जसका कारण उनले दोस्रो बच्चाको लागि सरोगेसीको सहारा लिइन् ।
करण जोहर
फिल्म निर्माता करण जोहर पनि विवाह नगरी सरोगेसीको सहयोगमा दुई सन्तान (एक छोरी र एक छोरा) को एकल पिता बनेका छन् । करणका छोराको नाम यश र छोरीको नाम रुही हो । यी दुई जुम्ल्याहा हुन् ।
सन्नी लियोनी
सन् २०१८ मा सन्नी लियोनीले सरोगेसीको सहयोगमा जुम्ल्याहा छोरालाई जन्म दिइन् । सन्नीले छोराको नाम नोआ र आशेर राखेकी छिन् । यसअघि पनि सन् २०१७ मा सन्नीले छोरी निशालाई धर्मपुत्री लिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँः अध्यक्ष ओली
-
सागर ढकालको घोषणा: अर्को पटक महामन्त्रीमा उम्मेदवारी दिन्छु
-
रेडक्रसद्वारा भ्रष्टाचार र अनियमितताका सम्बन्धमा उजुरी आह्वान
-
राहदानी छपाई प्रकरण : परराष्ट्र मन्त्रालयले के भन्यो जर्मन सरकारलाई ?
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण