१०१९ जना केयरगिभर इजरायल पुगे, १०० जना उडानको पर्खाईमा
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउने नेपाली सहायक कामदार ‘केयरगिभर’ को प्रक्रिया टुङ्गिएको छ । नेपालबाट हालसम्म १ हजार १९ जना सहायक कामदार इजरायल पुगिसकेका छन् । भने अब १०० जना जान बाँकी छन् । उनीहरू सबै प्रक्रिया पुरा गरेर उडानको प्रतिक्षमा छन् । योसँगै केयरगिभर इजरायल पठाउने प्रक्रिया लगभग टुङ्गिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका निर्देशक तथा सूचना अधिकारी कृष्ण प्रसाद भुसालका अनुसार अबको केही दिनमा बाँकी रहेकाहरू केयरगिभर इजरायल जानेछन् । त्यसपछि यो प्रक्रिया पूर्ण रूपमा सकिनेछ ।
केयरगिभरका लागि १ हजार १७५ जना अन्तिम छनोटमा परेका थिए । ती मध्ये १ हजार ११९ जना मात्रै इजरायल जाने भएका छन् । जसमध्ये १ हजार १९ जना गइसकेका छन् । भने १०० जना उडानको प्रतीक्षामा छन् । ती बाहेक अन्तिम छनोटमा परेका ५९ जना इजरायल जानबाट रोकिएका छन् । त्यसरी रोकिएकाहरूमा केही मेडिकल फेल भएका छन् भने केहीले नजाने भनेर आफैँले रिजेक्ट गरेका हुन् ।
नेपाली केयरगिभरलाई इजरायल पठाउन आवेदन आह्वान गरेको मितिदेखि हालसम्म १५ महिना लाग्यो । कोरोना महामारीकैबीच विभागले छनौट प्रक्रिया अगाडि बढाएको थियो ।
विभागले १२ साउन २०७८ मा पहिलो पटक इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनौटका लागि आवेदन आह्वान गरेको थियो । आवेदन आह्वान गरेपछि ६ हजार भन्दा बढीले आवेदन दिएका थिए । २८ भदौ २०७८ मा लिइएको लिखित परीक्षामा २ हजार ३९ जना पास भएका थिए ।
पहिलो चरणमा ५ माघ २०७८ मा ९९ जना नेपाली केयर गिभर इजरायल प्रस्थान गरेका थिए । त्यसपछि माघ १५ र १८ गते गरेर जम्मा २९७ जना इजरायल गएका थिए । उनीहरू गएपछि भने लामो समयसम्म इजरायलले भिसा जारी गर्न बन्द गरेको थियो ।
इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीको सेवा सुविधा बढाउनुपर्ने भन्दै थालेको आन्दोलनका कारण चार महिना भन्दा बढी समय प्रक्रिया बन्द भएको थियो । बन्द भएको भिसा जारी गर्ने प्रक्रिया गत साउनबाट पुनः सुचारु भएको थियो ।
दुई देशबीच १४ असोज २०७७ मा भएको श्रम सम्झौता अनुसार केयरगिभर इजरायल जान पाएका हुन् । इजरायलले केयरगिभरपछि कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने बताएको छ । त्यसका लागि दुवै देशका सरकारी अधिकारीहरू आवश्यक गृहकार्यमा लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध
-
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा १४ जनाले दिए आवेदन
-
राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी
-
‘असारे विकास’को चटारोः पहिलो १५ दिनमै साढे ६७ अर्ब बजेट खर्च
-
वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन
-
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा १८ जनाले दिए उम्मेदवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण