गेलको भविष्यवाणी : यी दुई टोली टी–२० विश्वकपको फाइनलमा पुग्नेछन्
वेस्ट इन्डिजका पूर्व क्रिकेटर क्रिस गेलले अस्ट्रेलियामा हुन लागेको टी–२० विश्वकपबारे भविष्यवाणी गरेका छन् । प्रतियोगिता १६ अक्टोबरदेखि सुरु हुँदैछ । पहिलो खेल श्रीलंका र नामिबियाबीच खेलिनेछ ।
धेरै क्रिकेट समर्थकले यसपटकको फाइनल भारत भर्सेस पाकिस्तान हुने अनुमान गरेका छन् । तर, दैनिक जागरणको अन्तरवार्तामा गेलले भने, ‘मलाई लाग्छ यो प्रतियोगिताको फाइनल वेस्ट इन्डिज र अस्ट्रेलियाबीच हुनेछ ।’
यद्यपि, आफ्नो दाबीसँगै उनले टी–२० विश्वकपमा वेस्ट इन्डिजको बाटो सहज भनेको नभएको स्वीकार गरे । ‘वेस्ट इन्डिजका लागि यसपटक निकै कठिन हुनेछ किनभने टोलीमा नयाँ कप्तान छन् । केरन पोलार्ड, आन्द्रे रसल र ब्राभो टीमको हिस्सा छैनन्,’ उनले भने । यसको अलावा सुनिल नरेन पनि टिममा छैनन् भने शिमरन हेटमायर पनि टोलीबाट बाहिर भएका छन् ।
गेलका अनुसार वेस्ट इन्डिज खतरनाक टोली हो र खेलको आधारमा सही रणनीति बनाउन सक्यो भने खेललाई आफ्नो पक्ष पार्न सकिने आशा व्यक्त गरे ।-बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण