कर्णालीमा वर्षाले वितण्डा : एक हप्तामा ३३ जनाको मृत्यु, ४ सयभन्दा बढी घरपरिवार विस्थापित
दसैँदेखिको निरन्तरको वर्षाका कारण बाढी र पहिरोमा परेर कर्णाली प्रदेशमा ३३ जनाको ज्यान गएको छ भने ४ सयभन्दा बढी घर परिवार विस्थापित भएका छन्। प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार पहिरोमा परेर जुम्लामा ९, मुगुमा ८, कालिकोट र हुम्लामा ४/४, जाजरकोटमा ३ ,डोल्पा र सल्यानमा २/२ जनाको ज्यान गएको छ ।
यस्तै दैलेखमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठले बताए । उनका अनुसार २२ जना अझै बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा धेरैजसो कालिकोटका रहेका छन् । यस्तै बाढी र पहिरोमा परेर २१ जना घाइते भएका छन् । घाइते हुनेमा कालिकोटका ७ जना रहेका छन् भने मुगु र हुम्लाका ५/५ जना रहेका छन् । यस्तै जुम्लाका २, रुकुम पश्चिमका १ जना र जाजरकोटका १ जना घाइते भएको श्रेष्ठले बताए ।
उनका अनुसार वर्षाका कारण प्रदेशका ४ सय ८० घर परिवार विस्थापित भएका छन् । तथ्याङ्क अनुसार सबैभन्दा धेरै दैलेखमा १ सय ३ घर परिवार विस्थापित भएका छन् । मुगुका १७८, जुम्लामा ८६, कालिकोटमा ४८, हुम्ला ४०, सल्यानमा ९, सुर्खेतमा ८, डोल्पामा ४ र जाजरकोट र रुकुम पश्चिममा २/२ वटा घरहरू विस्थापित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी बालेनको पुलिस होइनौँ भन्ने डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइयो
-
सवारी दुर्घटनामा चालककाे मृत्यु
-
रोकिएन इरानमाथि अमेरिकाको हवाई आक्रमण, संकटमा युद्धविराम सम्झौता
-
विश्वकप फाइनल हाफटाइम शोमा जस्टिन बिबर पनि सहभागी हुने
-
बजेट संशोधनको बाचा गरेको कोशी सरकारले साउनमै ‘रातो किताब’ सच्याउन सक्ला ?
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण