बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुरामा पहिरोबाट प्रभावित दुई सय परिवारको उद्धार हुन सकेन

बुधबार, २६ असोज २०७९, १५ : ४८
बुधबार, २६ असोज २०७९

लगातारको अविरल वर्षाका कारण बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकात्र्तिक खापर गाउँपालिका–१ सापकोटाको खोली गाउँमा पहिरो जाँदा दुई सय घर उच्च जोखिममा परेका छन् । मंगलबार आएको अविरल वर्षासँगै गाउँको चारैतिरबाट पहिरो बग्न थालेपछि बस्ती नै जोखिममा परेको स्थानीय उज्जले विकले  जानकारी दिए ।

उनले गाउँको चारैतिरबाट पहिरो खस्नथालेको गाउँका स्थानीय सुरक्षित ठाउँमा जाने कतै बाटो नभएपछि पहिरोको बीचमा बसेको बताए । पहिरोले स्थानीयवासीका गाईगोरु, भैँसी, भेडाबाख्रा   बगाएर क्षति पु¥याएको विकको भनाइ  छ । बस्तीमा रहेका दुई सय परिवारलाई पहिरो नरोकिँदा उद्धार गर्न समस्या भएको छ । बाढीपहिराका कारण उक्त बस्तीमा जाने कतै बाटो नभएपछि उनीहरुले उद्धारका लागि तत्काल पहलगर्न माग गरेका छन् । 

पहिरोबाट विस्थापित भएका उनीहरुले सुरक्षित स्थानमा लैजान रुवाबासी चलेको प्रत्यक्षदर्शी विकले बताए । उद्वार हुन नसक्दा दुई परिवारका स्थानीयवासी भोकभोकै पहिरोको त्रासमा बसेका छन् । स्वामीकार्तिकको विर्मामा कर्णाली नदीले पुल बगाएपछि उद्वारमा कठिनाइ भएको गाउँपालिकाले जनाएको छ । लगातारको वर्षाले पहिरो झरेपछि बस्ती नै बग्ने सम्भावना बढेको छ । उक्त बस्तीका स्थानीयवासीलाई उद्धार गर्नका लागि स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया सहितको टोली पहिरो प्रभावित क्षेत्रमा गएका छन् । 

पहिरो गएको क्षेत्रमा पुगेर क्षतिको विवरण र विस्थापित परिवारको तथ्याङ्क सङ्कलन गरी सुरक्षित स्थानमा सार्न तत्काल राहत उपलव्ध गराउने गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ । जिल्लाको पूर्वी उत्तरी भेगका बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक र जगन्नान गाउँपालिकामा बाढीपहिरोबाट प्रभावित भएर विस्थापित भएकाको उद्धार र राहत वितरण र क्षतिको विवरण सङ्कलन गर्नका लागि जिल्ला प्रशासन कार्यालय बाजुराको नेतृत्वको टोली खटाइएको छ । चार पालिकामा बाढीपहिरोबाट बढी प्रभावित भएको खबर आउन थालेपछि जिल्ला विपद समितिले आज नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकारसहितको टोलीले राहत वितरण,उद्धार र क्षतिको विवरण सङ्कलन गर्ने गरी टोली खटाइएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप