तीन अभिनेत्री जसले अभिनयका लागि छाडे श्रीमान्
बलिउड विश्वलाई लोभ्याउन सफल छ । बलिउडमा करियर निर्माण भनेको फलामको चिउरा चपाए सरह हो । तैपनि मानिसहरु त्यसतर्फ निकै आकर्षित छन् । विभिन्न कठिनाइका बावजुद पनि बलिउडमा सफलता हासिल गर्ने थुप्रै अभिनेत्री छन् । केही यस्ता अभिनेत्री पनि छन्, जसले बलिउडका लागि पतिको साथ समेत छोडेका छन् ।
डिम्पल कपाडिया :
बलिउड अभिनेत्री डिम्पल कपाडिया फिल्म ‘बबी’ बाट रातारात चर्चित भइन् । तर, उनले राजेश खन्नासँग १९७३ मा १६ वर्षको उमेरमा विवाह गरिन् । विवाहपछि राजेश खन्नाले डिम्पललाई फिल्ममा काम गर्नमा आपत्ति जनाएका थिए । केही समय उनी अभिनयबाट टाढा भइन् । तर १० वर्षपछि डिम्पलले फिल्मी दुनियाँमा फर्कन खन्नाको घर छोडिन् ।
मल्लिका शेरावत :
मल्लिका शेरावतका लागि कुनै परिचय चाहिँदैन । उनी बलिउडको धेरै फिल्ममा देखिएकी छिन् । फिल्म ‘मर्डर’ बाट चर्चित उनले फिल्ममा धेरै बोल्ड सिन समेत दिएकी छन् । फिल्ममा आउनुअघि उनले करण गिलसँग विवाह गरेकी थिइन् । यद्यपि, एक वर्षपछि, उनले आफ्नो विवाह समाप्त गरेर हलिउडमा होमिएकी हुन् ।
चित्रांगदा सिंह :
चित्रांगदा सिंहले अहिलेसम्म धेरै बलिउड फिल्ममा अभिनय गरिसकेकी छिन् । उनले सन् २००१ मा ज्योति रन्धावासँग विवाह गरेकी थिइन् । विवाहपछि अभिनेत्री मुम्बईमा र उनका श्रीमान दिल्लीमा बस्दै आएकी थिए । जसका कारण यी दुईबीच मतभेद सुरु भयो र अन्ततः सन् २०१४ मा अभिनेत्रीले सम्बन्धविच्छेद गरेर अभिनय अगाडि बढाइन् । चित्रांगदाले अहिलेसम्म अक्षयकुमार र जोन अब्राहम जस्ता ठूला स्टारहरूसँग काम गरिसकेकी छिन् । -अमर उजाला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
-
विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण