जनतालाई मालिक बनाउने गरी काम गर्छौं : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई मालिक बनाउने गरी काम गर्ने सपना रहेको बताएका छन् । व्यास नगरपालिका–१२ स्थित कमलबारीमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्नु अहिलेको मुख्य लक्ष्य रहेको बताए ।
सहिदको बलिदानबाट प्राप्त भएका जनताका अधिकारलाई कुठाराघात गर्ने प्रवृत्ति हावी हुँदै गएकाले त्यसको रक्षाका लागि गठबन्धनले खबरदारी गर्दै आएको उनको भनाइ थियो । “मेरो अन्तिम इच्छा भनेको मैले गरेका अधुरा काम पूरा गर्नु छ, तपाईँहरूसँग मलाई एकपटक विजयी गराउन आग्रह गर्छु ।” नेता पौडेलले गाउँमा विकास र रोजगारी सिर्जना गर्न जनतालाई मालिक बनाउने बताए । “विदेशिने युवा शक्तिलाई स्वदेशमा बसेर रोजगारी गर्ने वातावरण मिलाइने गरी काम गरिनेछ”, उनले भने ।
गठबन्धनका प्रदेशसभा सदस्यका उम्मेदवार एवं नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य हरिबहादुर चुमानले गठबन्धन सत्ता, पद, निर्वाचनका लागि मात्रै नभई राष्ट्रियतासँग जोडिएको बताए । देशमा सुशासन कायम गर्न सकिए मात्रै प्रजातन्त्रको स्थायित्व र भ्रष्टाचारलाई निरुत्साहित गर्न सकिने उनले बताए । “कांग्रेस एक्लैले दुई तिहाइको बहुमत ल्याउन नसक्ने हुँदा देशको विकासमा काँचुली फेर्न गठबन्धन गरेर अघि बढ्न आवश्यक देखिएकाले सँगै हातेमालो गर्दै अघि बढेका हौँ”, उनले भने ।
गठबन्धनका उम्मेदवारले कार्यकर्ता भेटघाट कार्यक्रमको तालिका बनाएर शुक्रबारदेखि तनहुँ क्षेत्र नं १ अन्तर्गतका विभिन्न वडामा पुगेर घरदैलो कार्यक्रमलाई तीव्रता दिन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण