‘ये रिश्ता क्या कहलाता है’ की अभिनेत्रीद्वारा आत्महत्या, सुसाइड नोट अध्ययन गर्दै प्रहरी
टिभी अभिनेत्री वैशाली ठक्करको मृत्युको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । इन्दौरमा बस्ने टिभी सिरियल कलाकार वैशाली ठक्करले आइतबार बिहान आफ्नो इन्दौरको घरमा झुन्डिएर आत्महत्या गरेकी छन् । इन्दौरका एसीपी मोतिउर रहमानले ठक्करको सुसाइड नोट प्रहरीले बरामद गरेको बताए । नोटमा पढ्दा उनको पूर्व प्रेमीले उनलाई दुःख दिएको देखिन्छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
वैशालीले आत्महत्या गरेको खबर आएपछि अभिनेत्रीका सबै फ्यान र साथीहरू स्तब्ध छन् । आत्महत्या गर्नुभन्दा पाँच दिनअघि वैशालीले इन्स्टाग्राममा एउटा भिडियो सेयर गरेकी थिइन् । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
प्रहरीले वैशालीको शव पोष्टमार्टमका लागि पठाएको छ । उनले आफ्नो करियर स्टार प्लसको सिरियल ‘ये रिश्ता क्या कहलाता है’ बाट सुरु गरेकी थिइन् । उनले यस सिरियलमा सन्जनाको भूमिका निभाएकी थिइन्, जसबाट उनी निकै चर्चित भइन् ।
वैशाली अन्तिम पटक टिभी शो ‘रक्षा बन्धन : रसाल अपने भाइकी ढाल’ मा देखिएकी थिइन् । भाइ र बहिनीको कथामा आधारित यस शोमा वैशालीले कनक सिंह ठाकुरको भूमिका निभाएकी छिन् । –अमर उजालाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
-
विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण