मंगलबार विदेशमा रहेका नेपाली दूतावास बन्द
शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा विदेशमा रहेका नेपाली राजदूतावास पनि बन्द रहने भएका छन् । गृह मन्त्रालयले उनको शोकमा एकदिन विदा दिने निर्णय गरेसँगै मंगलबार विदेशमा रहेका नेपाली राजदूतावासहरु समेत बन्द रहने भएका हुन् ।
साउदीमा रहेको नेपाली राजदूतावासले एक सूचना जारी गर्दै सरकारको निर्णय अनुसार जोशीको निधनको शोकमा कात्तिक १ गते (१८ अक्टोबर २०२२) मा राजदूतावास बन्द रहने जनाएको हो । त्यस्तै मलेसियास्थित नेपाली राजदूतावासले पनि १ गते दूतावासका नियमित कन्सुलर सेवाहरू बन्द रहने जनाएको छ ।
शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । सरकारले उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा सार्वजनिक विदा तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको थियो । सोही आधारमा विभिन्न देशमा रहेका नेपाली राजदूतावास तथा नियोगहरू बन्द रहने भएका हुन् ।
जोशीलाई श्रद्धाञ्जली अर्पण गर्ने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक विदा दिने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा
-
समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन
-
नेपालमा चलचित्र छायांकनका लागि हलिउड र बलिउडलाई आकर्षित गरिने
-
मुलुकलाई बाह्य हस्तक्षेपबाट मुक्त गराउन पनि एमाले बलियो शक्ति बन्न जरुरी: पोखरेल
-
साइबर सुरक्षाको अनुसन्धान गर्न संस्थागत व्यवस्था गर्ने घोषणा
-
रेलमा सरकार : बथनाह–विराटनगर मार्ग निर्माणलाई तीव्रता