स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
शुक्रबार, २२ जेठ २०८३, १७ : ३९
सारांश
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित गरेको छ ।
- मन्त्रालयले शुक्रवार एक सूचना जारी गर्दै पदाधिकारी र सदस्यका लागि आवेदन माग प्रक्रिया स्थगित गरेको हो ।
- मन्त्रालयले जेठ २० गते दरखास्त आह्वान गरेको दुई दिनपछि विशेष कारण भन्दै दरखास्त आह्वान स्थगित गरेको छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित गरेको छ ।
मन्त्रालयले आज शुक्रवार एक सूचना जारी गर्दै पदाधिकारी र सदस्यका लागि आवेदन माग प्रक्रिया स्थगित गरेको हो । सूचनामा भनिएको छ, ‘विभिन्न परिषद्हरू, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बिमा बोर्डका पदाधिकारी र सदस्यका लागि आवेदन माग गरिएको सूचना विशेष कारणवश अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
मन्त्रालयले जेठ २० गते दरखास्त आह्वान गरेको थियो । दरखास्त आह्वान गरेको दुई दिनपछि विशेष कारण भन्दै मन्त्रालयले दरखास्त आह्वान स्थगित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण