नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
सारांश
- राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र राप्रपाबाट राजीनामा दिएका धवलशमशेर राणाबीच नयाँ पार्टी बनाउन १० बुँदे सहमति भएको छ।
- उनीहरुबिच नयाँ पार्टी गठन गर्ने विषयमा १० बुँदे सहमति भएको छ।
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र राप्रपाबाट राजीनामा दिएका धवलशमशेर राणाबिच नयाँ पार्टी बनाउन सहमति भएको छ।
शुक्रबार प्रसाईं र राणाबिच ११ बुँदे लिखित समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
यस्ता छन् सहमतिका आधारहरू
१.नेपालको भूगोल, भूगोलको गर्भमा रहेको किराँत, बौद्ध सहितको सनातन हिन्दु अधिराज्य
२.राष्ट्रिय एकताका प्रतीक श्री ५ पृथ्वीनारायण शाहका दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शन ।
३.राष्ट्रिय स्वाभिमान सहितको सुधारमुखी सङ्घीयता ।
४. एक पटकको नेपाली सधैँको नेपाली र दोहोरो नागरिकता राख्न पाउनुपर्ने व्यवस्था ।
५. लघुवित्त, सहकारी, बैक र मिटरव्याजीबाट कालो सूचीमा पारिएका भूमिविहीन सुकुमबासी नेपाली नागरिकको दिगो समस्या समाधान ।
६. असंलग्न परराष्ट्र नीति ।
७. सुशासन र भ्रष्टाचारमुक्त समाज ।
८. स्वदेशी उत्पादनमा आधारित मिश्रित अर्थतन्त्र ।
९. विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दल, अभियान, सङ्गठन र व्यक्तिहरूलाई साथ लिएर नयाँ राजनीतिक पार्टी घोषणा ।
१०. नयाँ निर्माण हुने राजनीतिक दलमा ६० प्रतिशत युवा तथा महिला सहभागिता ।
११.नेपाली नागरिकको गर्भबाट जन्मिएको नागरिक केन्द्रित राष्ट्रवादी दर्शन ।
यो सहमतिसँगै मलमास सकिएपछि नयाँ पार्टी घोषणा हुने स्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण