सामाजिक सञ्जाल किन प्रयोग गर्दैनन् सैफ अलि खान ?
बलिउडमा सेलिब्रेटीहरू आफ्नो व्यावसायिकदेखि निजी जीवनसँग जोडिएका कुराहरू सामाजिक सञ्जालमा अपडेट गरिरहन्छन् । उनीहरू आफ्नो प्रदर्शन हुन लागेको फिल्मको प्रचार पनि उत्तिकै गर्छन् ।
बलिउडमा सैफ अलि खान, रणवीर कपुर जस्ता कलाकार सामाजिक सञ्जाल प्रयोगमा जोड दिँदैनन् । सैफले हालैमात्र सामाजिक सञ्जाल प्रयोग नगर्नुको कारण खुलाएका छन् । सैफ सामाजिक सञ्जालमा झुटो कुरा बढी बोल्नुपर्ने भएकाले पनि आफूले कहिल्यै यसको प्रयोग नगरेको खुलाउँछन् ।
‘मैले सामाजिक सञ्जालमार्फत फ्यानमाझ जोडिन प्रयास गरें, तर मैले एउटा पनि सही आइडी भेटिनँ । किनकि मेरो नामबाट पहिले कैयौं किसिमका एकाउन्ट बनिसकेका रहेछन् । सामाजिक सञ्जाल तनावपूर्ण स्थान हो । यहाँ धेरै झुटो कुरा बोल्नुपर्छ । सामाजिक सञ्जालमा अर्को व्यक्तिको तारिफ गर्न दबाब झेल्नु अर्को तनावपूर्ण काम हो’, उनले भनेका छन् ।
सैफले हालै रिलिज फिल्म ‘विक्रम वेधा’मा आफ्नो अभिनयका लागि तारिफ पाएका थिए । फिल्ममा उनी प्रहरी अधिकृतको भूमिकामा थिए । कामको कुरा गर्दा सैफ आगामी वर्ष फिल्म ‘आदिपुरुष’मा प्रभासका साथ देखिँदैछन् । जहाँ उनले रावणको भूमिका निर्वाह गरेका छन् । -न्युज कारखानाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
-
विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण